AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • नीति तथा बजेट निर्माणमा ‘रेडिकल रिफर्म’ गर्ने प्रधानमन्त्री प्रचण्डको दाबी

नीति तथा बजेट निर्माणमा ‘रेडिकल रिफर्म’ गर्ने प्रधानमन्त्री प्रचण्डको दाबी

  • सोमवार, माघ १५, २०८०
नीति तथा बजेट निर्माणमा ‘रेडिकल रिफर्म’ गर्ने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा बजेट निर्माणमा ‘रेडिकल रिफर्म’ गर्ने बताएका छन् ।

वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस तप्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताए ।प्रधानमन्त्री प्रचण्डले भने, ‘अब मेरो ध्यान यो पटक नीति तथा कार्यक्रम तथा बजेट निर्माणतर्फ केन्द्रित रहन्छ, यो पटकको नीति तथा कार्यक्रममा जनताबाट आएका सुझावहरूलाई समेटिनेछ । नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु।’

उनले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने बताए । अघिल्लो वर्षको नीति तथा कार्यक्रम जनताको पक्षमा नभएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताए ।था राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार