AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अनलाइनमा ‘पार्शल पठाएको छु’ भन्दै डेढ अर्ब ठगी

अनलाइनमा ‘पार्शल पठाएको छु’ भन्दै डेढ अर्ब ठगी

  • मङ्लबार, माघ १६, २०८०
अनलाइनमा ‘पार्शल पठाएको छु’ भन्दै डेढ अर्ब ठगी

काठमाडौं-अनलाइन ठगीको आरोपमा प्रहरीले सप्तरीका डम्बर साहलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डम्बरलाई पाँचथरबाट पक्राउ गरेको हो।

दुई वर्षको बिचमा साहले डेढ अर्बको कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अनलाइनमार्फत ‘पार्शल पठाएको छु’ भनेर पीडितलाई विश्वास दिलाएपछि सामान छुटाउन पैसा डिपोजिट गर्न लगाउने गिरोहसँग साहको ‘कनेक्सन’ भेटिएको प्रहरीले जनाएको छ ।

पार्सल पठाउने नाममा ठग्ने गिरोहले डम्बरको खातामा पैसा डिपोजिट गर्न लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पछिल्लो दुई वर्षको बिचमा ३४ वटा खाताबाट डम्बरको खातामा पैसा डिपोजिट भएको अनुसन्धानबाट खुलेको छ ।

उनको खातामा २ वर्षमा १ अर्ब ४९ करोड रुपैयाँको अनलाइन कारोबार गरिएको थियो। ठग्ने समूहले पार्सल हिँडेको भन्ने र भन्सारले सामान रोकेको बहाना बनाएर ठग्दै आएका छन् ।

त्यसबारे अनुसन्धान गर्दा शाहले चारवटा विकल्प दिएर ठगीमा संलग्न आरोपीहरूको रकमको कारोबार गर्ने गरेको भेटिएको छ ।

आफ्नो खातामा जम्मा भएको पैसालाई क्रिप्टोमा रूपान्तरण गर्ने, नगद चाहिनेलाई नगद र खातामा राख्न चाहनेलाई उनले राख्ने सुविधा दिँदै आएका थिए ।

सो बापत उनले कमिसन लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Facebook Comments

सम्बन्धित समाचार