AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • एक साताभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद‍्मा पेश हुन्छ : प्रधानमन्त्री प्रचण्ड

एक साताभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद‍्मा पेश हुन्छ : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रबार, फाल्गुन ११, २०८०
एक साताभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद‍्मा पेश हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश हुने दावी गरेका छन्।शुक्रबार १३ औं मजदुर बलिदान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले भने,’विधेयक सदनमा पारित हुने अन्तिम चरणमा छ । ४ र ५ दिनमै सदनमा पेश भएर पास हुन्छ।’

प्रधानमन्त्री प्रचण्डले विधेयक पास भएपछि सबै सहिदका परिवारले सरकारबाट पाउने सेवा सुविधा पाउने उल्लेख गरे ।उनले शान्ति प्रक्रियाका केही कामहरू बाँकी रहेकाले सबै सहिद परिवारले राज्यको तर्फबाट पाउनुपर्ने सुविधा नपाएको स्पष्ट पारे।प्रधानमन्त्री प्रचण्डले विधेयक पास भएपछि सहिद र बेपत्ता योद्धाहरूले गरेको बलिदानप्रति गर्व हुने बताए।उनले सहिदहरू कहिल्यै नमर्ने बताउँदै बेपत्ता योद्धाहरूहरू पनि साँच्चिकै बेपत्ता छन् भने तिनीहरू पनि अमर हुने बताए।प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंगिएपछि जनयुद्ध दिवसमा सार्वजनिक बिदा हुने दावी गरे।

Facebook Comments

सम्बन्धित समाचार