AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डलाई खनालको आग्रह : सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाऔँ

प्रधानमन्त्री प्रचण्डलाई खनालको आग्रह : सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाऔँ

  • मङ्लबार, बैशाख ४, २०८१
प्रधानमन्त्री प्रचण्डलाई खनालको आग्रह : सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाऔँ

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।

उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भेटवार्ता भएको हो । भेटमा सत्ता समीकरणमा देखिएको असमझदारी र सुदूरपश्चिममा कांग्रेस गठबन्धनमा एकीकृत समाजवादी सामेलबारे छलफल भएको बताईएको छ ।

छलफलमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ समेत सहभागी थिइन् । तीन नेताबिच एक घण्टा बढी समय छलफल भएको छ ।

सुदूरपश्चिममा एकीकृत समाजवादीले कांग्रेससँगको सहकार्यमा उभिने निर्णय गरेपछि सत्ता साझेदार दलमा हलचल पैदा भएको छ ।

बालुवाटारमा भएको छलफलमा खनालले गठबन्धन भित्रैपनि दक्षिणपन्थीहरुले खेलेर यो गठबन्धन फुटाइदिन्छन् कि भन्ने अवस्था आएको बताएका थिए ।

पछिल्लो समस्याले गठबन्धनभित्र पनि अनेक खालका स्वार्थ र प्रवृत्ति रहेकोमा नेताहरूबिच सचेत हुनुपर्नेबारे छलफल भएको सम्मानित नेता खनालले बताए ।

नेता खनालले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन पहल गर्न आग्रह गरेका थिए । उनले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने पहिलाको सहमति कार्यान्वयन गर्नु नै समस्याको समाधान हुने बताएका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै रुष्ट छन् ।

सुदूरपश्चिममा बैशाख २ सम्म मुख्यमन्त्रीको दाबी पेस गर्न त्यहाँका प्रदेश प्रमुखले समय दिएका थिए । त्यसपछि नाउपाका दुई सांसदले फरक फरक समीकरणमार्फत मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार