AarthikBikash
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कतारी अमिर काठमाडौं आइपुगे

कतारी अमिर काठमाडौं आइपुगे

  • मङ्लबार, बैशाख ११, २०८१
कतारी अमिर काठमाडौं आइपुगे

 काठमाडौं – कतारका अमिर (राजा )शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् ।

अमिर थानीको विमान ३:४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

मंगलबार अपरान्ह ४ बजेर ४० मिनेटमा आउने तालिका भए पनि उनी एक घण्टा अगाडि नै काठमाडौं आइपुगेका हुन् ।

राजकीय भ्रमणमा आएका उनको स्वागतमा राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।

विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।

अरब मुलुकबाट नेपालमा भएको यो अहिलेसम्मको उच्चस्तरको भ्रमण हो।

Facebook Comments

सम्बन्धित समाचार