AarthikBikash
सोमवार, असार १७, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

कांग्रेसले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

  • बिहिबार, जेष्ठ ३, २०८१
कांग्रेसले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं – आज बसेको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजी गरेपछि स्थगित भएकोे छ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक शुक्रबार दिउँसो ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् ।

उनले कांग्रेसको अवरोधकाबीच राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाएका थिए । आज बिहान ११ बजेका लागि समय निर्धारण भएकोे बैठक ढिलो गरी साँझ सुरू भएको थियो ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गर्दै लामो समयदेखि संसद बैठक अवरोध गर्दै आइरहेको छ । आजको प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार