AarthikBikash
शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

  • शुक्रबार, जेष्ठ ४, २०८१
प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथोपटक विश्वासको मत लिने भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिन लागेका हुन् ।

यसबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराइसकेका छन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार