AarthikBikash
बुधबार, असार १९, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विपक्षीको विरोधको बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

विपक्षीको विरोधको बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

  • सोमवार, जेष्ठ ७, २०८१
विपक्षीको विरोधको बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत पाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको थियो ।

नाराबाजीकै बीचमा सभामुखले बैठक अगाडी बढाएर विश्वासको मत लिइएको थियो ।

विश्वासको मत माथिको प्रस्तावमा मतदान प्रक्रियामा १५८ सांसदले मात्र भाग लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावमा १५७ मत परेको थियो । जसमा एमाले, माओवादी, रास्वपा, जनमत, जसपा र नाउपाका सांसदहरुले पक्षमा मत दिएका थिए । प्रस्तावमा मत दिन्न भन्ने पक्षमा एक मत परेको थियो । अन्य दलले भने विश्वासको मतको मतदानको प्रक्रियामा भाग लिएका थिएनन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको यो चौथो पटक हो । यस अघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।

त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरी गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए । त्यति बेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार