AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • केपी ओलीबारे मेयर बालेनले अशिष्ट र उदण्ड अभिव्यक्ति दिए : महेश बर्तौला

केपी ओलीबारे मेयर बालेनले अशिष्ट र उदण्ड अभिव्यक्ति दिए : महेश बर्तौला

  • मङ्लबार, जेष्ठ २२, २०८१
केपी ओलीबारे मेयर बालेनले अशिष्ट र उदण्ड अभिव्यक्ति दिए : महेश बर्तौला

काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मेयर बालेन्द्र साह (बालेन)ले अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

संघीय संसद भवन परिसरमा बोल्दै प्रमुख सचेतक बर्तौलाले मेयर बालेनका पछिल्लो अभिव्यक्तिले आफैंलाई गिज्याइरहेको टिप्पणी गरेका हुन् ।

मेयर बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको जिकिर गर्दै त्यसले बालेनको पदीय मर्यादालाई होचो बनाइरहेको प्रमुख सचेतक बर्तौलाले बताए ।

उनले अध्यक्ष ओलीमाथि गालीगलौजको भाषामा मेयर बालेनको दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने बताए ।

प्रमुख सचेतक बर्तौलाले मेयर बालेनले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने शैलीले मुलुकको कानूनी शासनमाथि नै चुनौती दिने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार