mega darknetmega darknet
AarthikBikash
शुक्रबार, कार्तिक ८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया रद्द

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया रद्द

  • शुक्रबार, असार १४, २०८१
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया रद्द

काठमाडौं-नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिसम्बन्धि प्रक्रिया रद्द भएको छ ।

नियुक्तिका लागि गठित समितिले शुक्रवार एक सूचना जारी गर्दै सम्पूर्ण प्रक्रिया रद्द भएको जानकारी दिएको हो।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा बनेको छनोट समितिले १९ जना मध्येबाट पहिलो चरणमा पाँच जनाको नाम छनोट गरेको थियो। शुक्रवार बसेको समितिको बैठकले प्रक्रिया रद्द हुने निर्णय गरेको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको मिति २०८१/०३/१४ को निर्णय अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८०/११/१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको व्यहोरा सम्वद्ध सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

धितोपत्र ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि सरकारलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।

गत फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको समितिले जनाएको छ ।

सम्बन्धित समाचार