AarthikBikash
मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • क्यान्सरको उपचार गराइरहेका चिनियाँ नागरिक चितवनमा मृत भेटिए

क्यान्सरको उपचार गराइरहेका चिनियाँ नागरिक चितवनमा मृत भेटिए

  • आइतवार, असार १६, २०८१
क्यान्सरको उपचार गराइरहेका चिनियाँ नागरिक चितवनमा मृत भेटिए

काठमाडौं– चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ नागरिक मृत भेटिएका छन्।

भरतपुर महानगरपालिका-७ स्थित वर्षना होटलमा ५६ वर्षीय पियान छ्याङसिन मृत भेटिएका हुन् । यही असार १० गतेदेखि सो होटलमा बसेर पियानले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आइतबार बिहान ९ बजेतिर पियान कोठासँगै जोडिएको वाथरुममा घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए ।क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार