AarthikBikash
आइतवार, असार २३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ स्थगित

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ स्थगित

  • बिहिबार, असार २०, २०८१
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ स्थगित

काठमाडौं-निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित गरिएको छ ।

सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको हो ।

आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।

उनले प्रधानले आफूलाई यौन दुव्र्यवहार गरेको र प्रधानकै दबाबमा अदालतमा मिलापत्र गरेको भन्दै सुनुवाइ समितिमा उजुरी दिएकी थिइन् ।

प्रधानविरुद्ध त्यसबाहेक अरु उजुरीहरु पनि परेका थिए ।

प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो ।

सुनुवाइ समितिले उजुरीकर्तासँगको छलफल बन्द कोठामा गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार