mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित

  • शुक्रबार, असार २१, २०८१
राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ ।प्रतिपक्षी बेन्चमा रहेका कांग्रेससहितका सांसद मौन रहेपछि बजेट सर्वसम्मत पारित भएको हो ।अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।जसलाई प्रतिनिधि सभाले असार ११ गते पारित गरेको थियो । शुक्रबार राष्ट्रिय सभाले पनि पारित गरेको हो ।

सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन् ।नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमति गरिसकेका छन् । यो बजेट ल्याउँदा एमाले सरकारमै थियो ।त्यसैले पनि बजेट निर्णयार्थ पेस हुँदा कसैले पनि हुन्न भनेनन्। बजेट पारित हुनु अघि अर्थमन्त्री वर्षमान पुनले भौगोलिक क्षेत्र, वर्ग, समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेर बजेट आएको बताएका थिए ।

सम्बन्धित समाचार