AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • संविधानको धारा ७६(२)बमोजिम ओली नै प्रधानमन्त्री बन्ने कांग्रेसको दाबी

संविधानको धारा ७६(२)बमोजिम ओली नै प्रधानमन्त्री बन्ने कांग्रेसको दाबी

  • शनिबार, असार २२, २०८१
संविधानको धारा ७६(२)बमोजिम ओली नै प्रधानमन्त्री बन्ने कांग्रेसको दाबी

काठमाडौं-नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउने निर्णय गरेको छ।

संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमालेसँग भएको सहमतिअनुसार बमोजिम नै नयाँ सरकार बनाउने निर्णय गरेको हो।

कांग्रेसले सहमतिअनुसार अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६(२) बमोजिम गठन हुने दाबी गरेको छ ।

बैठकले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा एमाले का अध्यक्ष केपी ओली र दोस्रो पटक कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेगरी भएको सहमतिलाई कार्यान्वयन गर्ने दृढता पनि व्यक्त गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले बताए।

त्यस्तै प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने पत्र संसद सचिवालयमा दर्ता गरेको अवस्थामा उक्त प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको उनले बताए।

त्यस्तै बैठकले कांग्रेस(एमालेबीच भएको राष्ट्रिय सहमतिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरेको छ ।

साथै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार