काठमाडौं-त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक गाडीको उद्धार र समस्या उत्पन्न भएको छ ।
सशस्त्र प्रहरीका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा ठूलो पहिरो गएका कारण गोताखोर घटनास्थलमा पुग्न नसकेको हो ।
खोज तथा उद्धारका लागि उक्त स्थानमा सशस्त्र प्रहरीको १७ नम्बर गण चितवनबाट ३५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ गोताखोरसहित २० जना परिचालन गरिएपनि उनीहरू घटनास्थल पुग्न समस्या भएको छ ।
अविरल वर्षासँगै आएको पहिरोले शुक्रवार बिहान लामो दूरीमा चल्ने दुईवटा गाडी बगाएको छ ।
गौरबाट आउँदै गरेको बसमा करिब ४०–४२ जना तथा वीरगञ्जबाट आउँदै गरेको माइक्रोमा २०–२१ जना यात्रु सवार थिए । यात्रुहरूको अवस्था अज्ञात रहेको छ ।