काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमा अतिरिक्त महसुल नबुझाएका उद्योगहरूमा लाइन नजोड्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशपछि पनि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमा अतिरिक्त महसुल नबुझाएका उद्योगहरूमा लाइन जोड्न नमानेको हो ।
शुक्रबार उद्योगी र प्राधिकरणसँगको छलफलपछि ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन जोड्न निर्देशन दिएका थिए ।
उद्योगीले महसुल नबुझाएपछि प्राधिकरणले असार २५ गतेदेखि लाइन काट्न सुरु गरेको थियो ।