AarthikBikash
मङ्लबार, पुस ९, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्डको वेइमानका कारण सरकार ढल्यो : ईश्वर पोखरेल

प्रचण्डको वेइमानका कारण सरकार ढल्यो : ईश्वर पोखरेल

  • शनिबार, साउन ५, २०८१
प्रचण्डको वेइमानका कारण सरकार ढल्यो : ईश्वर पोखरेल

काठमाडौं-नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीसँग सहकार्य नगर्ने बताएका छन् ।

कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस र एमालेको सरकार बनेको उनले खुलासा गरे ।

राजनीतिक स्थायित्वको लागि कांग्रेस-एमाले सरकार बनेको उपाध्यक्ष पोखरेलको भनाई छ ।

२० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको उनले बताए ।

सम्बोधनकै क्रममा उनले पुष्पकमल दाहाल प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको टिप्पणीसमेत गरे ।

उनकै वेइमानका कारण सरकार ढलेको उपाध्यक्ष पोखरेलले आरोप लगाए ।

Facebook Comments

सम्बन्धित समाचार