AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सौर्य एयरलाइन्सका पाइलटको जीवितै उद्धार, चार जना यात्रुको शव निकालियो

सौर्य एयरलाइन्सका पाइलटको जीवितै उद्धार, चार जना यात्रुको शव निकालियो

  • बुधबार, साउन ९, २०८१
सौर्य एयरलाइन्सका पाइलटको जीवितै उद्धार, चार जना यात्रुको शव निकालियो

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानबाट चार जनाको शव निकालिएको छ ।सौर्य एयरलाइन्सको विमानबाट अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका हुन् ।सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको भने जीवितै उद्धार गरिएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए ।सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार