AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

  • बुधबार, साउन ९, २०८१
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सौर्य एयरलाइन्सको जहाज केहीबेरमै दुर्घटनामा परेको थियो।

दुर्घटनाको विषयमा छलफल र निर्णय गर्नका लागि बुधबार साँझ ५ बजे आकस्मिक बैठक बोलाइएको हो।सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक डाकेको बताईएको छ ।बैठकले छानबिन समिति बनाउने सम्भावना छ। विमानमा चालक दलका सदस्यसहित १९ जना थिए।यसमध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार