mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • माओवादी अध्यक्ष प्रचण्डले भने : वर्तमान सरकार नै विचौलियाले बनाइदिएको हो

माओवादी अध्यक्ष प्रचण्डले भने : वर्तमान सरकार नै विचौलियाले बनाइदिएको हो

  • मङ्लबार, साउन २२, २०८१
माओवादी अध्यक्ष प्रचण्डले भने : वर्तमान सरकार नै विचौलियाले बनाइदिएको हो

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचौलियाहरुले बनाइदिएको आरोप लगाएका छन् ।मंगलबार विराटनगर पुगेका अध्यक्ष प्रचण्डले वर्तमान सरकार विचौलियाहरूकै सेवामा रहेको बताएका हुन् । उनले सरकार गलत बाटोमा हिँडेको आरोप लगाए। अध्यक्ष प्रचण्डले राज्यको अर्बौँ सम्पत्ति छुट दिन गरेको चलखेल आफूलाई सबै थाहा भएको जिकिर गरे।

अध्यक्ष प्रचण्डले भने,‘सरकार नै विचौलियाले बनाइदिएको छ। त्यसैले सरकारले उनीहरूको सेवा त गर्ने नै भयो। हामीलाई लेखा समितिको सभापति दिनु नै पर्छ। यसलाई सरकारले गम्भीरतापूर्वक लिओस्। सरकारले गम्भीरताका साथ नलिइ जबरजस्ती बहुमतमा पेल्छु भन्यो भने त्यो दुर्भाग्य हुन्छ ।’सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ।सरकारले यो विषयलाई गम्भीरताका साथ नलिइ जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी प्रचण्डले दिए।

सम्बन्धित समाचार