AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • कार्यदलले शीर्ष नेताहरुलाई बुझायो टीआरसी प्रतिवेदन

कार्यदलले शीर्ष नेताहरुलाई बुझायो टीआरसी प्रतिवेदन

  • बुधबार, साउन २३, २०८१
कार्यदलले शीर्ष नेताहरुलाई बुझायो टीआरसी प्रतिवेदन

काठमाडौं– संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाएको छ।

कार्यदलले आज सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेतालाई बुझाएको हो ।कार्यदलले एक साताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो ।गत बिहीबार तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।

लामो समयदेखि विवादित रहेको द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषय टुंगिएपछि सहमति भएको हो ।कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाए ।

शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत अघि बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी रहेको कार्यदलले जनाएको छ ।कार्यदलमा गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (एमाले) का मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा थिए।

Facebook Comments

सम्बन्धित समाचार