mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • टीआरसी विधेयक यही अधिवेशनबाट पास गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता

टीआरसी विधेयक यही अधिवेशनबाट पास गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता

  • बुधबार, साउन २३, २०८१
टीआरसी विधेयक यही अधिवेशनबाट पास गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता

काठमाडौं– संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको यही अधिवेशनबाट पास गर्ने प्रमुख तीन दलका शीर्ष नेताहरुले प्रतिबद्धता जनाएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले आज सिंहदरबारमा शीर्ष नेतालाई बुझाएपछि नेताहरुले उक्त प्रतिबद्धता जनाएका हुन्।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवादित विषयमा सहमति खोज्न गठित कार्यदलले बुधबार शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको छ ।प्रतिवेदन बुझेपछि प्रमुख प्रतिपक्षी दल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सहमति नेताहरुका लागि मात्र खुसीको विषय नभएको बताए ।

उनले यो विधेयकलाई संसदको यही अधिवेशनमा पेश गरेर पास गर्न समेत आग्रह गरे ।त्यस्तै, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो सहमतिअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउँदा विश्वका लागि अनुकरणीय हुने बताए ।प्रधानमन्त्री ओलीले टिआरसी विधेयकमा कार्यदलमा सहमति बनेपछि पूर्णता दिनको लागि अब कानूनी रुपमा कुनै दुविधा नभएको बताए।उनले यही अधिवेशनबाटै टिआरसी विधेयक पारित गर्ने बताए।

सम्बन्धित समाचार