mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • टुकुचामाथिको खाल्डो देखाउँदै बालेनले भने : खोलामाथि पुल बनाउनु पर्छ, घर र बाटो होइन्

टुकुचामाथिको खाल्डो देखाउँदै बालेनले भने : खोलामाथि पुल बनाउनु पर्छ, घर र बाटो होइन्

  • शुक्रबार, साउन २५, २०८१
टुकुचामाथिको खाल्डो देखाउँदै बालेनले भने : खोलामाथि पुल बनाउनु पर्छ, घर र बाटो होइन्

काठमाडौं– महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले केहि घरहरू टुकुचा खोलामाथि रहेको बताएका छन् ।

महानगरपालिकाकै कार्यालय अगाडि परेको भ्वाङको भिडिओ सामाजिक सञ्जालमा राख्दै मेयर बालेनले यस्तो बताएका हुन्।उनले दरबारमार्ग र कमलादी जोड्ने सडकखण्डमा परेको खाल्डो टुकुचा खोलामाथिको रहेको बताए। बिहीबार राति परेको ठूलो भ्वाङका कारण सवारी आवतजावत हुन सकेको छैन।मेयर बालेनले भनेका छन्,‘यो टुकुचामाथिको बाटो हो। अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन्। काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेका थियौँ। अदालती कारणले केहि रोकिन परेको थियो।’

अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको पनि मेयर बालेनले बताए।

मेयर बालेनले भनेका छन्, ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन।’मेयर बालेनले अब सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताए ।

सम्बन्धित समाचार