AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • तीन पटक महसुल घटाउँदा पनि विद्युत प्राधिकरण नाफामा छ : कुलमान घिसिङ

तीन पटक महसुल घटाउँदा पनि विद्युत प्राधिकरण नाफामा छ : कुलमान घिसिङ

  • शुक्रबार, साउन २५, २०८१
तीन पटक महसुल घटाउँदा पनि विद्युत प्राधिकरण नाफामा छ : कुलमान घिसिङ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशलाई छिट्टै पूर्ण विद्युतीकरण घोषणा गरिने बताएका छन् ।

कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलन बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन् ।उनले प्राधिकरणको नाफा वास्तविक भन्दै कागजी मात्रै नभएको स्पष्टीकरण दिए ।

निर्देशक घिसिङले भने,‘८ वर्षमा ४७ अर्ब सञ्चित नाफा भएको छ । जम्मा ८२ अर्ब नाफा भएको छ । यति धेरै नाफा डेडिकेटेड र ट्रङ्कलाइन महसुलले मात्रै भएको होइन ।तीनपटक गरि २५ प्रतिशत महसुल घटाउँदा पनि हामी नाफामा छौं । कुनै पनि उत्पादनमा यसरी मूल्य घटाउँदा नाफामा जाँदैन । तर प्राधिकरण नाफामा छ ।’

घिसिङले महालेखाबाटै अडिट गरी आएको हिसाबअनुसार नाफाको विवरण आफूले भनेको पनि बताए ।उनले ५९ लाखमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क लगाइएको पनि बताए ।

Facebook Comments

सम्बन्धित समाचार