AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • भ्रष्टाचारले गन्हाएका लम्साललाई खाद्यको प्रमुख बनाउँदै सरकार

भ्रष्टाचारले गन्हाएका लम्साललाई खाद्यको प्रमुख बनाउँदै सरकार

  • शनिबार, साउन २६, २०८१
भ्रष्टाचारले गन्हाएका लम्साललाई खाद्यको प्रमुख बनाउँदै सरकार

काठमाडौं-मानव जीवनको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने खाद्य बस्तु नै कम गुणस्तरको खरिद गरी करोडौं रुपैयाँ हिनामिनाको आरोप लागेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका निमित्त प्रमुख डिल्लीराज लम्साललाई सरकारले उल्टै पुरस्कृत गर्ने भएको छ ।

लम्सालमाथि भारतबाट लुकाई छिपाई क्यारिङ गरेर ल्याइएको कमसल गुणस्तरणको चामल खरिद गरि कर्णाली र सुदुरपश्चिमका दूर्गम गाउँहरुमा पठाएको आरोप लागेको छ ।

नेपालगञ्ज र धनगढीका सप्लायर्स कमल शाहसँग मिलेर भारतबाट अवैध रुपमा भित्र्याइएको कम गुणस्तरका चामल लम्सालले कर्णाली र सुदुरपश्चिमका दूर्गम गाउँहरुमा पठाएका थिए ।

स्रोतका अनुसार अबको मन्त्रीपरिषद बैठकले आचार्यलाई कम्पनिको प्रमुखमा नियुक्त गर्नेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक सहसचिव भन्छन्–‘आचार्यले ३ करोडमा डिल गरिसकेका छन् गएको सोमबारकै मन्त्रीपरिषदबाट आचार्यलाई नियुक्ती गर्ने तयारी भइसकेको थियो । तर, उद्योग मन्त्री भारत भ्रमणमा निस्केका कारण रोकिएको हो ।’

लम्साल त्यस्ता पात्र हुन्, जो खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा भ्रष्टाचारीमा सबैभन्दा बढि वद्नाम छन् । त्यसो त उनी अञ्चल कार्यालय धनगढिको प्रमुख हँुदा पनि विवादमा परेका व्यक्ति हुन् । लम्साल धनगढिको प्रमुख हुँदा सरकारको समर्थन मूल्यमा किसानको धान खरिद नगरि व्यापारिबाट मोटो कमिसन लिएर धान खरिद गरी सरकारी रकम हिनामिना गरेको स्रोतको दावी छ ।

सँधै खरिद, ढुवानी, निर्माण तथा सम्पत्ति र प्रसासन जस्ता आकर्षक विभागहरुमा मात्रै बसेर काम गरेका १०औं तहका कर्मचारी लम्सालमाथि राज्यलाई हानी नोक्सानी पुर्याई अकुत सम्पत्ति कमाएको आरोप पनि लाग्दै आएको छ ।

शाखा, अञ्चल र विभिन्न विभागको विभागीय प्रमुख हुँदा राज्यलाई नोक्सानी पुर्याई अकुत सम्पत्ति जम्मा गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी नै परेको छ ।

उजुरीमा लम्साल डोल्पा जिल्लामा कार्यरत रहँदा नेपालगञ्ज र तुलसीपुर दाङबाट खच्चडबाट डुबानी हुने मालवस्तुहरु तराई मै बेच्न लगाई डोल्पा नपुर्याएको तर दाखिला कागज बनाई ढुवानी भुक्तानी गरेर करोडौं आर्थिक हिनामिना गरको उल्लेख छ ।

त्यसैगरी कैलाली धनगढीमा अञ्चल प्रमुख हुँदा टिकापुर भजनी, सतीमा धान खरिद गर्दा नेपाल सरकारले तोकेको समर्थन मूल्यमा उत्पादक किसानसँग खरिद गर्नु पर्नेमा व्यापारीसँग मिलेर किसानको नक्कली अभिलेख बनाई प्रति क्वीन्टल पाँच सय कमिसन खाई ७० हजार क्वीन्टल धान खरिद गरेको पनि उल्लेख छ ।

त्यस्तैै लम्साल प्रशासन प्रमुख हुँदा कर्मचारी छनौटमा पनि त्रुटि भएको उजुरीमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार