AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन ३० गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन ३० गते विश्वासको मत लिने

  • सोमवार, साउन २८, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन ३० गते विश्वासको मत लिने

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन्।मुख्यमन्त्री शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन्।

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रहेका शाह साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिनेगरी पत्र पठाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।बैठकको समय निर्धारण गर्न भने बाँकी रहेको छ । शाह कांग्रेस–एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

Facebook Comments

सम्बन्धित समाचार