AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मधेस प्रदेशका मुख्यमन्त्री सिंहले गरे ८ राज्यमन्त्री बर्खास्त

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले गरे ८ राज्यमन्त्री बर्खास्त

  • मङ्लबार, साउन २९, २०८१
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले गरे ८ राज्यमन्त्री बर्खास्त

काठमाडौं– चौतर्फी विरोध सुरु भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्।मुख्यमन्त्री सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेका हुन्।२५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए।

२२ साउनमा मात्रै उनले पाँच राज्यमा नियुक्त गरेर मन्त्रीमण्डलको संख्या २० पुर्‍याएका थिए ।त्यसपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो ।सत्तारूढ दलकै नेताहरूले मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा बिरोध गरेका थिए।बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार