AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • विभिन्न देशका लागि सिफारिस भएका १८ राजदूतविरुद्ध उजुरी आह्वान

विभिन्न देशका लागि सिफारिस भएका १८ राजदूतविरुद्ध उजुरी आह्वान

  • मङ्लबार, साउन २९, २०८१
विभिन्न देशका लागि सिफारिस भएका १८ राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं– संसदीय सुनुवाइ समितिले सरकारबाट विभिन्न मुलुकका लागि सिफारिस भएका १८ राजदूतका विषयमा उजुरी तथा सूचना आह्वान गरेको छ ।विभिन्न १८ देशका लागि सरकारले सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै सुनुवाइ समितिले उजुरी आह्वान गरेको हो ।समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बताए ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको थियो ।सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो । सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो।

नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे , पूर्वमुख्यसचिव लोकर्दशन रेग्मीसहित सिफारिस भएका थिए ।पूर्व उप सभामुख तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी थिइन्।त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शंकर शर्माको पनि पुनः सिफारिस भएकाले सुनुवाइ हुने भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार