AarthikBikash
शुक्रबार, चैत्र १३, २०८२
  • होमपेज
  • राजनीति
  • दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

  • बिहिबार, साउन ३१, २०८१
दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ।बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको दिउँसो ३ बजे बस्ने बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस हुनेछ। उक्त प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीसमेत छ।

सम्बन्धित समाचार