AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान

  • बिहिबार, साउन ३१, २०८१
ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान

काठमाडौं– गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि प्रहरी र स्थानीय बासिन्दाबीच ढुंगा हानाहान भएको छ।ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका हुन्।ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो । दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनास्थल अहिले तनावपूर्ण बनेको छ। दुर्घटनापछि मानिसहरू भेला भएर सडक अवरोध गरेका छन्। आक्रोशित भिडले स्कुटर चालकलाई ठक्कर दिने ट्रकको सिसा तोडफोड गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार