AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेट गर्दै परराष्ट्रमन्त्री आरजु

भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेट गर्दै परराष्ट्रमन्त्री आरजु

  • आइतवार, भदौ २, २०८१
भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेट गर्दै परराष्ट्रमन्त्री आरजु

काठमाडौं-परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार बेलुकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने भएकी छन् ।

भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजुले भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्ने तय भएको हो ।

स्रोतका अनुसार भारतको प्रधानमन्त्री कार्यालयले परराष्ट्रमन्त्री राणासँग भेटवार्ताको लागि समय दिएको छ ।

मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा गएकी थिइन् । परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो ।

Facebook Comments

सम्बन्धित समाचार