AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

  • सोमवार, भदौ ३, २०८१
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एसजयशंकरबीच भेटवार्ता भएको छ ।भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली गएकी परराष्ट्रमन्त्री राणाले आज समकक्षीसँग भेटवार्ता गरेकी हुन्।परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा उहाँहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछिन्।गत सोमबार नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको भेटमा परराष्ट्रमन्त्री राणा नेपाल-भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटबारे छलफल भएको थियो।उनले हवाई रुटको विषयमा सचिव मिस्रीमार्फत भारतसँग कुरा उठाएकी थिइन्। उनीहरूबीच व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको थियो।

Facebook Comments

सम्बन्धित समाचार