AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग : त्रिविमा सुरक्षा प्रबन्ध मिलाउनू, पदाधिकारी र प्राध्यापकलाई धम्की आयो

गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग : त्रिविमा सुरक्षा प्रबन्ध मिलाउनू, पदाधिकारी र प्राध्यापकलाई धम्की आयो

  • बुधबार, भदौ ५, २०८१
गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग :  त्रिविमा सुरक्षा प्रबन्ध मिलाउनू, पदाधिकारी र प्राध्यापकलाई धम्की आयो

काठमाडौं– शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् ।

विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत गृहमन्त्री रमेश लेखकसँग सुरक्षाको माग गरेकी हुन् ।शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ ।

त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’केही दिनयता त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवादमा पदाधिकारीहरूलाई नै धम्की आएको बताइएको छ । शुक्रबार शिक्षामन्त्रीलाई पत्राचार गर्दै विश्वविद्यालयले आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिनसमेत आग्रह गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार