AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • अब सरकारमा जान माओवादीले हतार गर्दैन : प्रचण्ड

अब सरकारमा जान माओवादीले हतार गर्दैन : प्रचण्ड

  • बुधबार, भदौ ५, २०८१
अब सरकारमा जान माओवादीले हतार गर्दैन : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारमा जान हतार नगर्ने बताएका छन् ।बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले तत्काल सरकारमा जानतिर लाग्न नहुने बताए ।तर अबदेखि सरकारमा जाँदै जाँदैनौं भन्ने पनि सही नभएको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौं, सरकार नै हामीसँग आउनुपर्छ।’१८ महिना सरकारको नेतृत्व गर्दा गरेको राम्रो कामबाट तर्सिएर कांग्रेस र एमालेले सरकार ढालेको अध्यक्ष प्रचण्डको दाबी छ ।सरकार छाड्दा पनि उच्च मनोबलका साथ आएको अध्यक्ष प्रचण्डले बताए । उनले आफु नेतृत्वको सरकारले जनताको बीचमा राम्रै छाप छाडेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार