AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • भारत भ्रमणबारे परराष्ट्रमन्त्री राणाको ब्रिफिङ : वर्तमान सरकारप्रति भारत सकारात्मक छ

भारत भ्रमणबारे परराष्ट्रमन्त्री राणाको ब्रिफिङ : वर्तमान सरकारप्रति भारत सकारात्मक छ

  • शुक्रबार, भदौ ७, २०८१
भारत भ्रमणबारे परराष्ट्रमन्त्री राणाको ब्रिफिङ : वर्तमान सरकारप्रति भारत सकारात्मक छ

काठमाडौं– परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे कांग्रेसको केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् ।पार्टी कार्यालय सानेपामा बसेको बैठकमा परराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन्।परराष्ट्रमन्त्री राणाले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारप्रति भारतको प्रतिक्रिया राम्रै रहेको बताईन् ।

परराष्ट्रमन्त्री देउवा भारत भ्रमण पुरा गरेर बिहीबार मात्र स्वदेश फर्किएकी थिइन् ।उनले भारतीय अधिकारीहरुसँग पञ्चेश्वर, महाकाली नदीको पुल लगायतका एजेण्डामा कुराकानी भएको जानकारी दिइन् ।उनले भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा आफूले प्रधानमन्त्री केपी शर्माओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिइन् ।उनले मोदीले नेपाल आउने जवाफ दिएको तर कहिले भन्नेबारे चाहिँ निश्चित नभएको बताइन् ।

Facebook Comments

सम्बन्धित समाचार