AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • १६ वर्षीया बालिकामाथि सात जनाले सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

१६ वर्षीया बालिकामाथि सात जनाले सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

  • आइतवार, भदौ ९, २०८१
१६ वर्षीया बालिकामाथि सात जनाले सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं– झापामा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको अर्जुनधारा नगरपालिका– ५ मा सात जनाले सामूहिक बलात्कार गरेको उजुरी परेसँगै घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । एक जना भने फरार छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुले १६ वर्षीय बालिकालाई एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार गरेको आरोप छ ।झापा प्रहरीका अनुसार संलग्न भएमध्ये अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेका छन् ।

उनीहरुले पहिले साँझ अर्जुनधारा–८ नयाँ बजारको बाख्रा हाटको फलैंचामा बालिकालाई बलात्कार गरेका थिए ।पुनः राति ११ बजेतिर अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा लगेर अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशी र होटल मालिकसहित थप चार जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले पालैपालो बलात्कार गरेको बताइएको छ । घटनामा संलग्नमध्ये तामाङ फरार छन् । बालिकालाई घुम्न जाने भन्दै बोलाएर राति करिब साढे ८ बजे हटिया लाग्ने स्थान र त्यसपछि करिब ११ बजे होटलमा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आज म्याद थप गर्ने प्रहरीको तयारी छ भने फरार एक जनाको खोजी कार्य जारी छ ।

Facebook Comments

सम्बन्धित समाचार