AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • ३० वर्षे सेवाहद हटाउन सशस्त्रका अधिकारी पनि सर्वोच्चमा

३० वर्षे सेवाहद हटाउन सशस्त्रका अधिकारी पनि सर्वोच्चमा

  • आइतवार, भदौ ९, २०८१
३० वर्षे सेवाहद हटाउन सशस्त्रका अधिकारी पनि सर्वोच्चमा

काठमाडौं-नेपाल प्रहरीमा ३० वर्षे सेवाहद थमौती भएपछि सशस्त्र प्रहरी बलका अधिकारीहरु समेत सर्वोच्च अदालत पुगेका छन् ।

१६ भदौदेखि अवकाश पाउन लागेका डिआइजीसहितका अधिकारीले आइतबार रिट दर्ता गराएका हुन् ।

डीआईजीहरु अभिकुमार खत्री, दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोक कुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ र दीपेन्द्र गिरीले रिट दायर गरेका हुन्। मंगलबारका लागि उनीहरुको पेशी तोकिएको छ ।

गत बिहीबार नेपाल प्रहरीमा सेवाहदका आधारमा अवकाश नदिन सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

सोही आधारमा उनीहरु जागिर लम्बिने आशमा सर्वोच्च गएका हुन् ।

सशस्त्रमा ३० वर्षे सेवाहद हटेमा बढुवाको जाम झनै बढ्ने र संगठन अस्तव्यस्त हुने जोखिम छ ।

Facebook Comments

सम्बन्धित समाचार