AarthikBikash
शनिबार, भदौ २९, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • देशमा राजनीतिक स्थिरताको वातावरण तयार भएको छ : अर्थमन्त्री पौडेल

देशमा राजनीतिक स्थिरताको वातावरण तयार भएको छ : अर्थमन्त्री पौडेल

  • शनिबार, भदौ १५, २०८१
देशमा राजनीतिक स्थिरताको वातावरण तयार भएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको बताएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार गठन भएपछिको छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरिसकेको दाबी समेत गरे ।

अर्थमन्त्री पौडेलले भने,’अर्थतन्त्र दबाबमा छ, निराशामा रहेका निजी क्षेत्रलाई आशा, विश्वास र भरोसाका साथमा उत्पादन र उत्पादकत्वमा लाग्न जरुरी छ ।’

अर्थमन्त्री पौडेलले दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकार देशलाई अस्थिरताबाट जोगाउनु प्रमुख उद्देश्य रहेको बताए ।

उनले नागरिकका अधिकार स्थापित गर्न लोकतन्त्र, नागरिकका अधिकारका लागि मुख्य दुई मुख्य पार्टी मिलेर वर्तमान सरकार बनेको भन्दै यसले एकसाथ राजनीति र नीतिगत स्थिरताको वातावरण निर्माण गरेको बताए ।

विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने अर्थमन्त्री पौडेलले बताए ।

Facebook Comments

सम्बन्धित समाचार