AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • राजनीति
  • ईपीजी प्रतिवेदन बुझ्न भारतीय पक्ष पनि तयार हुनुपर्छ : प्रधानमन्त्री ओली

ईपीजी प्रतिवेदन बुझ्न भारतीय पक्ष पनि तयार हुनुपर्छ : प्रधानमन्त्री ओली

  • शनिबार, भदौ २२, २०८१
ईपीजी प्रतिवेदन बुझ्न भारतीय पक्ष पनि तयार हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबिचमा धेरै नभए पनि केही समस्याहरू रहेको बताएका छन् ।

जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नेपाल र भारतबीचका समस्याहरू समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन गरिएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘ईपीजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बिचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ । भारत लामो संस्कृति भएको छिमेकी मित्र हो । हामीले खुल्ला खुलस्तरुपमा छिमेकीसँग कुरा गर्नुपर्छ । खुल्ला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन । सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नुहुँदैन ।’

भूराजनीति शब्दलाई आफ्ना स्वार्थी कामको ढाकछोप गर्न वा कायरपन प्रदर्शनका लागि प्रयोग गर्न नहुने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले विदेशमा बसेर आफ्नो देशका प्रमुखलाई विरोध संस्कृति नेपाली संस्कृति नभएको उनले बताए।

उनले सरकारले सुशासन, देश र जनतालाई केन्द्रमा राखेर सोचिरहेको बताउँदै लोकतन्त्रका नाममा अराजकता हुन नहुने बताए।

Facebook Comments

सम्बन्धित समाचार