AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभा अध्यक्ष दाहालले भने : कानून नबन्दा संविधान कार्यान्वयनमा चुनौती थपियो

राष्ट्रियसभा अध्यक्ष दाहालले भने : कानून नबन्दा संविधान कार्यान्वयनमा चुनौती थपियो

  • बुधबार, अशोज २, २०८१
राष्ट्रियसभा अध्यक्ष दाहालले भने : कानून नबन्दा संविधान कार्यान्वयनमा चुनौती थपियो

काठमाडौं- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानप्रतिको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार गर्नुपर्ने बताएका छन् । संविधान दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताए।

संविधानको कार्यान्वयन गर्दै अघि बढ्ने बेला पछि फर्किने सोच र तर्कलाई संविधान निर्माणकर्ता र संविधानले नै स्वीकार नगर्ने अध्यक्ष दाहालले बताए।अध्यक्ष दाहालले भने,‘संविधानप्रतिको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार, परिमार्जन स्वभाविक प्रकृया हो। तर ती प्रक्रियाहरु प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातिर हुनु जरुरी छ । पछि फर्कने वा पश्चागामी सोचका साथ आउने तर्कहरु अग्रगामी संविधान निर्माण गर्नेहरू र यो संविधान स्वयंका लागि मान्य हुनै सक्दैनन्।’

संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने थुप्रै कानूनहरू अझै बन्न नसकेको अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले समयमा कानून नबन्दा आएका समस्याले संविधान र संघीयता कार्यान्वयनका चुनौती थपिएको बताए।संघीयताका कारणले जनताले पाउनु पर्ने सेवा सुविधा नपाउँदा देखिने असन्तुष्टिको सम्बोधन गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार, संसद र सबै तहका जनप्रतिनिधिहरू संविधान कार्यान्वयनका काममा गम्भीर भएर लाग्नुपर्ने बताए।

Facebook Comments

सम्बन्धित समाचार