AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • हामीले राम्रो काम गर्दागर्दै भ्रष्टहरूले हटाएको जनताले बुझ्न थालेका छन् : प्रचण्ड

हामीले राम्रो काम गर्दागर्दै भ्रष्टहरूले हटाएको जनताले बुझ्न थालेका छन् : प्रचण्ड

  • बुधबार, अशोज २, २०८१
हामीले राम्रो काम गर्दागर्दै भ्रष्टहरूले हटाएको जनताले बुझ्न थालेका छन् : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुहरुले राम्रो काम गर्दागर्दै भ्रष्ट, माफियाहरूले हटाएको बताउका छन्। केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।अरूबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिए पनि अहिले भने सबैतिर उत्साह देखिएको अध्यक्ष प्रचण्डले बताए।राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरूले हटाएको जनताले बुझ्दै गएको अध्यक्ष प्रचण्डको भनाई छ ।

सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेको बताए । पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको अध्यक्ष प्रचण्डको भनाई छ । अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम बनाएर जाने बताए । अध्यक्ष प्रचण्डले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरे ।

Facebook Comments

सम्बन्धित समाचार