mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : महामन्त्री थापा

दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : महामन्त्री थापा

  • बुधबार, अशोज २, २०८१
दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : महामन्त्री थापा

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई वर्षपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गरेपछि पार्टी सभापति देउवा प्रधानमन्त्री बन्ने सहमती कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

महामन्त्री थापाले भने,‘एमाले र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमतीको आधारमा सरकार गठन भएको छ। सम्माननीय केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार छ। २ वर्ष सरकार चलिसकेपछि पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ। यो समझदारीमा हामी शतप्रतिशत कमिटेड छौं।’

उनले सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमती कार्यान्वयनमा आफ्नो पार्टी शतप्रतिशत प्रतिवद्ध रहेको बताए।

महामन्त्री थापाले सो सहमती कार्यान्वयनका लागि सिंगो पार्टी पंक्तिले पनि वातावरण बनाउनुपर्ने बताए।

महामन्त्री थापाले सोही सहमतीको आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गरिएको र त्यो छिट्टै सार्वजनिक हुने बताए।

सम्बन्धित समाचार