AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

  • शुक्रबार, अशोज ४, २०८१
प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिन आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै समितिले १० दिन भित्र कार्यालय समयमा उजुरी दिन आव्हान गरको हो । समितिले उजुरीकर्ताले आफ्नो नाम र ठेगाना स्पष्ट खुलाउनुपर्ने र निजले गोप्य राख्न चाहेमा समितिले गोप्य राख्ने उल्लेख गरिएको छ । राउतलाई संवैधानिक परिषदको भदौ ३१ को बैठकले नेपालको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार