AarthikBikash
शनिबार, पुस ६, २०८१
  • होमपेज
  • राजनीति
  • रवि लामिछानेविरुद्ध चितवन प्रहरीले पनि थाल्यो अनुसन्धान

रवि लामिछानेविरुद्ध चितवन प्रहरीले पनि थाल्यो अनुसन्धान

  • सोमवार, अशोज ७, २०८१
रवि लामिछानेविरुद्ध चितवन प्रहरीले पनि थाल्यो अनुसन्धान

काठमाडौं– संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वायनमा गएसँगै पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको अनुसन्धानलाई प्रहरीले तिव्रता दिएको छ ।गृहमन्त्री रमेश लेखकले नै लामिछानेमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् ।गृहमन्त्रीकै निर्देशनपछि आइतबार गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ परेका छन् ।

कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो । जोशीको बयानपछि लामिछानेको हकमा निर्णय लिने प्रहरी तयारी छ । त्यस्तै, चितवन प्रहरीले पनि लामिछानेमाथि अनुसन्धान थालेको छ । जिबी राई समूहले सञ्चालन गरेको चितवनको साहारा चितवन सहकारीबाट पनि गोर्खा मिडियामा पैसा गएको हो ।सो पैसा टेलिभिजनका प्रबन्ध निर्देशकका रुपमा उनले अपचलन गरेको अभियोग रविमाथि लागेको छ । स्रोतका अनुसार साहारा सहकारीको अनुसन्धान प्रतिवेदन केही दिनमै बुझाउन लागिएको छ । सोही कारण चितवन प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार