AarthikBikash
शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारले हान्यो छापा

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारले हान्यो छापा

  • बुधबार, अशोज १६, २०८१
नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारले हान्यो छापा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा हानेको छ ।

सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको टोलीले आज छापा हानेको हो ।

अख्तियारले कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको हो।

विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणका क्रममा अनियमितता भएको उजुरी अख्तियारमा परेको थियो।

सोही उजुरीको अनुसन्धानको सिलसिलामा आवश्यक कागजात उपलब्ध नगराएपछि छापा मारेको अख्तियार स्रोतले बतायो ।

विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमिततावारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएको थियो ।

तर उड्डयन प्राधिकरणले अख्तियारलाई कतिपय महत्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा पुगेर छापा मारेर कागजात लिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार