AarthikBikash
बिहिबार, मंसिर २७, २०८१
  • होमपेज
  • समाज
  • धादिङमा ग्यास बुलेट दुर्घटना, स्थानीयलाई सतर्क रहन आग्रह

धादिङमा ग्यास बुलेट दुर्घटना, स्थानीयलाई सतर्क रहन आग्रह

  • आइतवार, मंसिर २३, २०८१
धादिङमा ग्यास बुलेट दुर्घटना, स्थानीयलाई सतर्क रहन आग्रह

काठमाडौं – चितवनबाट काठमाडौंतर्फ जाँदैै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा आइतबार बिहान दुर्घटना भएको हो ।

बुलेटको अगाडीको भाग सडकबाट करिब एक सय ५० मिटर तल भीरमा अड्किएको छ भने बुलेट त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बुलेटबाट घाइते भएका कोही पनि भेटिएको छैन । चालक र सहचालकको खोजी भइरहेको छ ।

साथै उक्त क्षेत्र नजिकका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।

Facebook Comments

सम्बन्धित समाचार