काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को डोलप्रसाद (डीपी) अर्याल कार्यवाहक सभापति बनेका छन् । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेको लामो समयपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको हो ।
सभापति लामिछानेले आइतबार आफूविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिइएको रास्वपाले जनाएको छ ।
सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति बनाइएको पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सम्पत्ति शुद्धीकरण ऐन अनुसार पार्टी सभापति लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।