AarthikBikash
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्डले पार्टीलाई प्राइभेट कम्पनी बनाएको भन्दै आलोचना भइरहेको छ : प्रभाकर

प्रचण्डले पार्टीलाई प्राइभेट कम्पनी बनाएको भन्दै आलोचना भइरहेको छ : प्रभाकर

  • मङ्लबार, पुस २३, २०८१
प्रचण्डले पार्टीलाई प्राइभेट कम्पनी बनाएको भन्दै आलोचना भइरहेको छ : प्रभाकर

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्मा ‘प्रभाकर’ले पार्टीलाई प्राइभेट कम्पनी जसरी चलाएर प्रचण्ड सधैँ अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना हुने गरेको बताएका छन् ।

काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोलेका शर्माले पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताए । उपमहासचिव शार्माले बाहिर हुने गरेका त्यस्ता आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनु पर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताएका हुन् । बैठकमा उनले विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको भन्दै अध्यक्षको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ? भनेर प्रश्न गरेका थिए । प्रभाकरको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने–‘अध्यक्षमा हामी कसैले दावी गर्ने होइन, अध्यक्ष उहाँ नै हुने हो । चुनिएर आउन किन डराउनुपर्यो ।’

Facebook Comments

सम्बन्धित समाचार