AarthikBikash
बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते

चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते

  • बुधबार, पुस २४, २०८१
चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते

काठमाडौं– चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको सात म्याग्निच्यूडको भुकम्पमा परेर मृत्यु हुने मानिसको संख्या १२६ पुगेको छ । भुकम्पमा परेर अन्य १८८ जना घाइते भएका छन् । करिव ३ हजार घरमा क्षति पुगेको छ । भूकम्प गएपछि तिब्बतको शिगात्से शहरमा सयौँ भवनहरू भत्किएका छन् । सो क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ । भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सय भन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको बी.बी.सी. ले जनाएको छ । चिनियाँ सेनाले उद्धार प्रयास शुुरु गरेको र मानव रहित ड्रोनलाई सगरमाथा नजिकै अवस्थित दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ ।

चिनिया सञ्चार मध्यमले उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेको र प्रभावित मानिसहरूलाई कठ्याङ्ग्रिने जाडो बाट जोगिन कम्बल वितरण गरेको दृश्य प्रशारण गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले क्षति कम गर्नका लागि पूर्ण स्तरको खोज र उद्धार प्रयास अनि प्रभावितहरूको पुनर्वासका लागि आह्वान गरेका छन् ।

चिनिया समय अनुसार मंगलबार बिहान ९ बजेर पाँच मिनेटमा सगाजे शहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिप केन्द्र भएर भुकम्प गएको हो । नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्र नजिकै केन्द्रबिन्दु बनाएर गएको भूकम्पछि कैयौँ परकम्पहरू मापन भएका छन । भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायरा भित्र २७ गाउँ र करिब ६ हजार ९ सय मानिसको बसोबास रहेको समाचारमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार