mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ १, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • लेखा समितिका सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर

लेखा समितिका सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर

  • बुधबार, पुस २४, २०८१
लेखा समितिका सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा हाजिर भएकी छन्। सहकारी ठगी प्रकरणमा फरार रहेकी ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला आज मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन्।अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहस सुरू हुनेछ। मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।

सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्। सोही प्रकरणमा नाम जोडिएकी कोइराला बुधबार बिहान अदालत खुल्ने समयमै हाजिर भएकी हुन्। विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विद्यालयमा विदा लिएर फरार थिइन्।

सम्बन्धित समाचार